नवयुवा आन्दोलनका क्रममा क्षति भएको झन्डै साढे ५ अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाण्डौ – बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३ सय १६ वटा बीमा दाबीको झन्डै २३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकम परेको थियो । त्यसमध्ये अहिलेसम्म अग्रिम भुक्तानी समेत गरी झन्डै ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई कम्पनीहरुले भुक्तानी गरिसहेका छन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्र...