पुस २७-२८ गते नै विशेष महाधिवेशन गर्न माग

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अब विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको स्पष्ट पारेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको र यो कसैको छनोटको विषय नरहेको पनि स्पष्ट पारेको हो ।  ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ?,’ पत्रकार सम्मेलनपश्चात् जारी विज्ञप्तिमा लेखिएक...