अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

काठमाण्डौ – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा पठाइने भएको छ । अब सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा रहेको नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिनुभयो । तत्काल राहदानी आवश्यक परि विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले...