नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । विधानत: महाधिवेशन माग्दा कसरी पार्टी विभाजन हुन्छ भन्ने उनीहरूको प्रश्न छ । आज अनामनगरमा पत्रकार सम्मेलन गर्दै नेता देवराज चालिसेले सभापति शेरबहादुर देउवा राजनीतिक जीवनको अन्त्यतिर पुगेको भन्दै यस्तो अवस्थामा देउवाले पार्टी क्षतविक्षत गर्ने कुरा कल्पना गर्न नसकिने बताए। जुन पार्टीले देउवालगायत नेताहरूलाई यो हैसियत दियो उनीहरूले पार्टी दुर्घटनामा लैजान्छन् भन्ने आफूहरूको कल्पना बाहिरको विषय भएको उनले ...