मैथिली साहित्यकृति ‘अर्चनाकृत रामायण’की लेखिका साहित्यकार तथा पत्रकार अर्चना झा २०८२ सालको 'राष्ट्रिय धरोहर नारीरत्न' सम्मानबाट सम्मानित भएकी छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माननीय जगदीश खरेलले उनलाई सम्मान प्रदान गरेका हुन् । १३औँ पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा बिहीबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रम पर्यटन बोर्डको सभाहल, काठमाडौंमा भएको थियो । कार्यक्रममा सभाध्यक्षको भूमिकामा प्रतिष्ठानका संस्थापक राजनन्द माण्डव्य रहेका थिए । सम्मान ...