अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान उस्मान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । इङ्ल्यान्ड विरुद्धको परम्परागत एसेस टेस्ट शृंखला जारी रहँदा ३९ वर्षीय ख्वाजाले अप्रत्यासित रूपमा सन्न्यासको घोषणा गरेका हुन् । जारी एसेस टेस्ट शृंखलाको पाँचौँ तथा अन्तिम टेस्ट आगामी आइतबार सिड्नी क्रिकेट ग्राउन्डमा खेलिने छ । सोही टेस्ट नै ख्वाजाको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । स्मरण रहोस्, सिड्नी क्रिकेट ग्राउन्डमै ख्वाजाले आफ्नो पहिलो टेस्ट पनि खेलेका थिए । उनले सन् २०१०–११ सिजनमा एसेस शृंखलामा ‘डेब्यू...