काठमाण्डाै – गुल्मीको मालिका गाउँपालिकामा आज बिहान बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजु ५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो । मालिकाको राम्चेबाट वनभोजका लागि विद्यार्थीसहित मदाने गाउँपालिका अन्तर्गत पुर्कोटका लागि छुटेको सिद्ध इङ्लिस बोर्डिङ स्कूलको लुम्बिनी प्रदेश ०१–०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँद...