विश्व फुटबलको एउटा रमाइलो घटना : खराब प्रदर्शनपछि राष्ट्रिय टोली निलम्बनमा, खेलाडीमाथि प्रतिबन्ध !

विश्व फुटबलमा एउटा रमाइलो घटना भएको छ । खेलकुदमा हार वा जीत स्वभाविक प्रक्रिया हो । तर, कुनै प्रतियोगितामा हार भोगेकै कारण आफ्नै सरकारले खेलाडी र सिङ्गो टोलीमाथि प्रतिशोध साँध्छ भने त्यो स्वाभाविक घटनामा सीमित रहँदैन ।यस्तै घटना अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताका क्रममा भएको छ । आफ्नो टोली अफ्रिका कप अफ नेसन्सको समूहगत चरणबाटै बाहिरिएको भन्दै गाबोन सरकारले आफ्नो राष्ट्रिय फुटबल टोलीलाई निलम्बन गरेको छ ।गाबोन सरकारले राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर पियर–एमरिक औबामेयाङ र ब्रुनो इकुएल मंगामाथि प्रतिबन्ध पनि ल...