पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विशेष पहलकदमीपछि नेकपा एमालेका निवर्तमान सांसद वासुदेव घिमिरे पार्टी काममा फर्किन सहमत भएका छन् । मंगलबार फेसबूकमा स्टाटस लेख्दै पार्टीबाट अलग भएको घोषणा गरेका घिमिरे बिहीबार उपाध्यक्ष पौडेलसँग ७ घण्टा लामो छलफलपछि पार्टीमै रहन सहमत भएका हुन् । ‘पुराना राजनीतिक दलको मुख्य नेतृत्वले आमजनताको इच्छा र चाहनालाई सम्बोधन गर्न सक्ने अवस्था नदेखिएकाले आजैका दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु,' घिमिरेले फेसबूकमा लेखेका थिए । रुपन्देही क्षेत्र नम्बर ५ ...