अस्ट्रेलियाका व्याट्स म्यान उस्मान ख्वाजाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाण्डौ – अस्ट्रेलियाका अनुभवी ब्याट्स म्यान उस्मान ख्वाजाले आउँदो हप्ता इङ्ग्ल्यान्डविरुद्ध हुने पाँचौँ एशेज टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यो टेस्ट ख्वाजाको ८८औँ तथा अन्तिम टेस्ट हुनेछ, जससँगै उनको १५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको औपचारिक अन्त्य हुनेछ । ३९ वर्षीय ख्वाजाले आज विहान आफ्ना टिमका सहकर्मीहरूलाई सन्यासको जानकारी दिएका छन् । सन् २०११ मा रिकी पोन्टिङ घाइते भएपछि अवसर पाएका ख्वाजाले त्यसयता टेस्ट क्रिकेटमा ६ हजार भन्दा बढी रन बनाएका छन् ।