पार्टी विभाजनकाे विपक्षमा छु : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउनुभएको छ । पार्टीका २५ केन्द्रीय सदस्यसँग आज आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा सभापति देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै चिन्ता जनाएका छन् । हिजो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरि विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । विवाद समाधानको प्...