‘विशेष महाधिवेशन प्रतिनिधिकाे वैधानिक अधिकार’

काठमाण्डाै – नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न दबाव बढाएका छन् । विशेष महाधिवेशनको पक्षमा रहेकाको समूहले आज पत्रकार सम्मेलन गरि पार्टी विधानले तोके अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनीहरूले विशेष महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबी समेत गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरूको तर्क ...