दलमा जोडिएका मन्त्रीहरूले निर्वाचनअघि राजीनामा दिनुपर्छ : भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन बहालवाला पार्टीका मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले निर्वाचनको स्वच्छता कायम गर्न मन्त्रीहरूले पद त्याग गर्नु अनिवार्य रहेको तर्क गरे ।  विशेषगरी मन्त्री कुलमान घिसिङप्रति लक्षित गर्दै उनले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न मन्त्री पदमा बसेर चुनाव लड्नु नैतिक र व्यावहारिक हुँदैन ।’ घिसिङक...