प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर विभागको नक्कली छाप लगाउने समातिए

१८ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-६ डेरा गरी बस्ने बुढीगंगा नगरपालिका-५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका-९ […]