नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विभाजन हुन नदिने बताएका छन् । आफू निकट २५ केन्द्रीय सदस्यसँगको भेटमा उनले पार्टी फुट्न नदिन आफूले प्रयास गरिरहेको बताएका हुन् । सभापति देउवलाई भेट्न शुक्रबार बिहान १० बजे उनीनिकट २५ केन्द्री सदस्य पुगेका थिए । उनीहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए। भेटमा सहभागी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विषम परिस्थितिमा निकास निकालेर पार्टी बचाउन आफूहरूले सभापतिसँग अनुरोध गरेको जानकारी दिइन् । ‘नियमि...