नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मानित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा वसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुन:सम्भार र पुन:र्स्थापनामा गरेको सहयोगको सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट सो क...