त्रिवि शिक्षण अस्पतालमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले काउन्टर सञ्चालन गर्न लागेको हो । शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउन सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला...