बढ्दो मुद्रास्फीति र बिग्रँदो आर्थिक अवस्थालाई लिएर इरानमा तीन वर्षयताकै सबैभन्दा ठूलो प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनको पाँचौं दिन बिहीबार इरानका विभिन्न शहरहरूमा कम्तिमा सात जनाको मृत्यु भएको बीबीसी अरबी सेवाले जनाएको छ । यी प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानको सर्वोच्च नेताको शासन अन्त्यको माग र अरूले राजतन्त्र फिर्ताको माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपको क्रममा सवारी साधनहरूमा आगजनी गरिएको देखाइएको छ। प्रदर्शनकारी...