देउवापछि महामन्त्रीद्वयसँग २५ केन्द्रीय सदस्यको भेट, पार्टीलाई विभाजनबाट रोक्न आग्रह

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर निस्केलगत्तै २५ केन्द्रीय सदस्यले महामन्त्रीद्वयसँग छलफल गरेका हुन् । भेटमा उनीहरूले पार्टीलाई विभाजनबाट रोक्न अनुरोध गरेका थिए । विशेष वा नियमित महाधिवेशनको नाममा पार्टीलाई विभाजित नगर्न आग्रह गरिएको केन्द्रीय सदस्य पुष्पा भुसालले लोकान्तरलाई जानकारी दिइन् । ‘पार्टी फुटाउने भन्ने मनसाय होइन । पार्टी कमजोर बनाउने पनि हाम्रो मनसाय होइन ...