कालीगण्डकी दोहन– तस्कर, क्रसर उद्योगी र जनप्रतिनिधिकै ‘नेक्सस’ मुख्य कारण

मापदण्डविपरीत नदीको छेउमै विभिन्न क्रसर उद्योग छन् । ती क्रसरको दूरी कतिपय स्थानमा सय मिटर समेत छैन । पर्वतको कुश्मा नगरपालिकादेखि बेनी सदरमुकाम पुगुञ्जेलसम्म सडक किनारबाटै देख्न सकिन्छ, क्रसरले थुपारेका मालसामान । ठाउँ–ठाउँमा बालुवाको थुप्रा र नदी छेउमै क्रसर देख्दा समेत प्रशासन मौन छ । कालीगण्डकी दोहनको विषयमा आवाज उठाइरहेका रामकुमार निरञ्जन नदीको अवस्था निरन्तर दयनीय बन्दै गएको सुनाउँछन् । कालीगण्डकीजस्तो पवित्र नदी दोहनमा तस्कर, क्रसर उद्योगी, प्रशासन र राजनीतिक नेतृत्वको ठूलो ‘नेक्सस’ बनेको देखिन्...