सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु भएको घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समिति सदस्यमा कोशी प्रदेशको नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका एसपी र सशस्त्रको कानून महाशाखाका एक डीएसपी रहनेछन् । यो समितिले घटनाबारे सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेस गरेपछि गल्ती देखिएमा विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने...