डा. भगवान कोइरालाले कियोचमा थाले बालबालिकाको मुटुरोग परीक्षण

नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ डा. भवनान कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)मा काम शुरू गरेका छन् । कोइरालाले शुक्रबारदेखि कोयोचमा मुटुरोग भएका बालबालिकाको परीक्षण शुरू गर्न थालेको जानकारी दिएका हुन् । कोइरालाको अवधारणामा काठमाडौंको बूढानीलकण्ठ चपलीमा सुविधासम्पन्न बाल अस्पताल निर्माण भइरहेको छ । अस्पतालले गत सातादेखि बहिरंग सेवा शुरू भएको थियो । विगतमा शहीद गंगालाल र त्रिवि शिक्षण अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञको रूपमा काम गरिसकेका कोइरालाले कियोचमा बालबालि...