राष्ट्रिय सभामा कांग्रेस-जसपा नेपाल सहकार्यको समझदारी, महन्थ उम्मेदवार बन्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल (जसपा नेपालसँग एकताको समझदारी भए पनि औपचारिक रूपमा पार्टी मर्ज भएको छैन) का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सभामा उम्मेदवार बन्ने भएका छन् । शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उक्त कुरा औपचारिक रूपमा बाहिरिएको बैठकमा सहभागी एक नेताले लोकान्तरलाई जानकारी दिए  । ‘राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले आज बसेको बैठकमा जानकारी गराउनुभएको थियो,’ मोर्चाको बैठकमा सहभागी ...