लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल (जसपा नेपालसँग एकताको समझदारी भए पनि औपचारिक रूपमा पार्टी मर्ज भएको छैन) का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सभामा उम्मेदवार बन्ने भएका छन् । शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उक्त कुरा औपचारिक रूपमा बाहिरिएको बैठकमा सहभागी एक नेताले लोकान्तरलाई जानकारी दिए । ‘राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले आज बसेको बैठकमा जानकारी गराउनुभएको थियो,’ मोर्चाको बैठकमा सहभागी ...