विशेष महाधिवेशन हुँदैन, कांग्रेसले अब चुनावको तयारी थाल्छ– विमलेन्द्र निधि

नेपाली कांग्रेस संस्थापन पक्षका प्रभावशाली नेता विमलेन्द्र निधिले महामन्त्री गगन थापा–विश्वप्रकाश शर्माले प्रस्ताव गरेअनुसारको विशेष महाधिवेशन नहुने दाबी गरेका छन् । विशेष महाधिवेशन नभई कांग्रेस चुनावको तयारीमा लाग्ने उनको भनाइ थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै निधिले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गरेका हुन् । ‘हल बुकबारे थाहा छैन, विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकियो । विशेष महाधिवेशन हुँदैन,&...