ललितपुरको विशंखु नारायणस्थित एक रिसोर्टमा म्यूजिकल पार्टीमा लागुऔषधको कारोबार एवं सेवन गर्ने विदेशी नागरिकसहित ९ जनलाई प्रहरीले पक्राउ गरेको छ । ‘महामाया मन्त्र इभेन्ट’ नाम दिइएको ७२ घण्टासम्म चल्ने म्यूजिकल पार्टीमा लागुऔषध कारोबार हुने सूचना पाएपछि प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारतको केरलाका केभिन जोसेफ, हैदरावादका अभिराज कुथाडी, केरलाका सदिक, अश्विन अन्तु, वैष्णव के शजु, ग्री...