टेस्लालाई उछिन्दै बीवाईडी विद्युतीय गाडीको सबैभन्दा ठूलो बिक्रेता बन्दै

चिनियाँ कम्पनी बीवाईडीले अमेरिकी अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लालाई उछिन्दै विद्युतीय गाडी (ईभी) को सबैभन्दा ठूलो बिक्रेता बन्न लागेको छ । बीवाईडीले भर्खरै सकिएको सन् २०२५ मा २२ लाख ५० हजार वटा कार बिक्री भएको जनाएको छ । कम्पनीका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले बढेको हो । यसैबीच टेस्लाले गएको वर्ष आफूले बिक्री गरेका गाडीको सङ्ख्या आज सार्वजनिक गर्न लागेको बीबीसीले जनाएको छ । यद्दपि गएको हप्ता विश्लेषकहरूले गरेको अनुमान अनुसार टेस्लाले गएको वर्ष झन्डै १६ लाख ६५ हजार वटा गाडी बिक्री गरेको थ...