कांग्रेसको विवाद रुस–युक्रेन युद्धजस्तो होइन, विशेष महाधिवेशनले पार्टी फुट्दैन– विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको संकटको समस्याको समाधान विशेष महाधिवेशन भएको दाबी गरेका छन् । कुनै पनि अवस्थामा कांग्रेस विभाजन नहुने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै शर्माले सिंगो समाजलाई एकताबद्ध बनाउने दायित्व बोकेको कांग्रेस कुनै हालतमा विभाजित नहुने बताएका हुन् । ‘कांग्रेसभित्रको अहिलेको विवाद इजरायल–प्यालेस्टाइनको जस्तो होइन र रुस र युक्रेन जस्तो होइन,’ शर्माले भने, ‘विधानको व्यवस्थाअनुसा...