काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशङ्का नगर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीभित्र एकताको विषयमा उठेका आशङ्काहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो । शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय...