काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन्...