निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बन्दसूचीमा पेस भएका दलका मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने भएको छ । आयोगद्वारा शुक्रबार आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् । यही पुस १३ र १४ गते आयोगमा पेस भएको समानुपातिकको बन्दसूचीलाई निर्वाचन आयोगले १५ गतेदेखि २० गतेसम्म रुजु गर्ने उनले जानकारी दिए । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार प्रतिन...