सर्वोच्च अदालतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको इजलासले शुक्रबार माधवप्रसाद चम्लागाईं समेत रहेको रिट निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । राजनीतिक दलहरूले पुस १४ गते समानुपातिक निर्वाचन अन्तर्गतको उम्मेदवारको बन्दसूची पेस गरेकोमा संविधान, ऐन, अन्तर्राष्ट्रिय महासन्धि र यस अदालतबाट जारी आदेश समेतको मर्म र भावना अनुकूल अपाङ्गता भएका व्यक्तिको नाम...