महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार अपराह्न साढे ४ बजेपछि बैठक शुरू भएको हो । बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमार्फत अहिलेको निकास खोज्न आग्रह गर्ने तयारी गरेका छन् । बैठकअघि महामन्त्री शर्माले विशेष महाधिवेशन नै अहिलेको उपयुक्त निकास भएको बताएका थिए । संस्थापन पक्षका नेता विमलेन्द्र निधिले सो प्रस्ताव अस्वीकार्य रहेको...