काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाईको धन्दा चलाउने युवक जेल चलान

१८ पुस, काठमाडौं । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाईको धन्दा चलाउने युवक कारागार चलान भएका छन् । युवती सप्लाई गरेको आरोपमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बूढानलीकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की कारागार चलान भएका हुन् । उनलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको प्रहरीले बताएको छ । […]