वैशाख २८–३१ मा महाधिवेशन गर्न संस्थापनको प्रस्ताव, पुसमै विशेष गर्ने गगन–विश्वको अडान

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षले वैशाख अन्तिमका लागि नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ कार्यतालिका पेश गरेको हो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने अब विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  महामन्त्रीद्वयले यही पुस २७ र २...