कुलमान घिसिङ रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकार प्रवक्ता

१९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए । […]