मूल्य घट्दा तत्काल उपभोक्तालाई फाइदाजस्तो देखिए तापनि यसले बिस्तारै उद्योगहरूको आम्दानी घटाउने र लगानीकर्तालाई निरुत्साहित बनाउने गरेको पाइन्छ । यो एउटा यस्तो अवस्था हो, जसले पूँजी निर्माण प्रक्रिया रोक्नुका साथै अर्थतन्त्रमा गतिहीनता पैदा गरिदिएको छ ।