१८ पुस, काठमाडौं । मर्स्याङ्दी फुटबल क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक त्रिवेणी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । मर्स्याङ्दीका लागि पेनाल्टीमा आरोन थापा, अविनाश स्याङ्गतान, ओलावाले आफिज, अलासे र निगम घिसिङले गोल गरे । त्रिवेणीका युवराज ढकाल, सुशील ठकुरी […]