कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसिरहेको यो बैठकलाई चासोका साथ हेरिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि हिजो संयुक्त विज्ञप्तिमार्फत नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरि विशेष महाधिवेशनको विकल्प अघि सार्नुभएको थियो । यसले पार्टीभित्र विवाद थप बढेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो ...