आगामी वैशाखको २८-३१ मा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेस कार्यसम्पादन समितिबाट पारित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने नयाँ कार्यतालिका केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ । शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त कार्यतालिका पारित गरेको पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए । पूर्व उपसभापति विमलेन्द्र निधिले पनि नयाँ कार्यतालिका पारित भएको बताए । यद्यपि, विशेष महाधिवेशनको मागमा के भयो भन्ने विषय सार्वजनिक भएको छ...