फुक्यो एसएसपी बढुवाको गाँठो, २ पद स्थानान्तरण र १ थप गर्न अर्थको सहमति

नेपाल प्रहरीको प्राविधिकतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई जनपद समूहमा स्थानान्तरण गर्न दिन अर्थ मन्त्रालयको सहमतिसँगै दुई महिनादेखि अड्किएको एसएसपी बढुवाको गाँठो फुकेको छ ।   यससँगै गृह मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद् बैठकमा दरबन्दी स्थानान्तरणको प्रस्ताव लैजाने तयारी गरेको छ । दरबन्दी स्थानान्तरणका लागि प्रहरीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समिति गठन गरेको थियो । उक्त समितिले दिएको प्रतिवेदनलाई गृहले अर्थमा पठाएपछि गत बुधबार मात्रै अर्थले सहमति दिएको हो । प्रहरीको केनाइन कार्यालय र सवार...