नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन् । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो । उनले हालै देखिएको जेनजी आ...