काठमाण्डाै – सशस्त्र प्रहरीको गोली प्रहारबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका विजय साहको ज्यान गएको घटनामा सशस्त्र प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको छ । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजीतको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा कोशी प्रदेश नम्बर १ बाहिनीका एसपी दिनेश बस्नेत र सशस्त्र प्रहरीको कानून निर्देशनालयका डीएसपी भुवन भण्डारी सदस्य रहेका सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापा...