समानुपातिक सूची सच्याउन दलहरूलाई एक हप्ताको समय

काठमाण्डाै – दलहरूले निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक हप्ता समय पाउने भएका छन् । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कलस्टर नमिलेको अवस्थामा आयोगले पर्सि पुस २० गतेसम्म सम्बन्धित दललाई सूचित गरिसक्ने र त्यसपछि सम्बन्धित दलको तर्फबाट पुस २१ देखि २७ गतेसम्म संशोधन गरि पेश गर्नुपर्नेछ । दलहरूले गएको पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगले बन्दसूचीमा छानबिन गरिरहेको छ । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्त...