१८ पुस, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीको छपाइ कार्य सुरु गरेको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले शुक्रबार आयोग परिसरमा छपाइ कार्यको सुरुवात गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि दलहरूले समानुपातिकर्फको बन्दसूची पेश गरिसकेका छन् । आयोगले अन्य कामहरू तीव्र रुपमा अघि बढाइएको बताएको छ ।