काष्ठकलाबाट सम्मानजनक आम्दानी, माग उच्च तर उत्पादन कम

काठमाण्डाै – नेपालमा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण काष्ठकला आम्दानीकाे राम्राे माध्यम बनेकाे छ । नेपाल काष्ठकला सङ्घका अध्यक्ष उपेन्द्र बाराहीका अनुसार मन्दिरदेखि घर–आँगनसम्म कलात्मक काष्ठकलाको प्रयोग अझै देखिन्छ । काष्ठकलामा काम गर्नेहरू अहिले पनि सम्मानजनक आम्दानी गरिरहेका छन् । बाराहीका अनुसार दक्षता र लगावअनुसार मासिक २०–३० हजारदेखि एक लाख रुपैयाँभन्दा धेरै आम्दानी सम्भव छ । नेपाली काष्ठकलाका सामग्रीप्रति विदेशी बजारमा ठूलो माग छ । तर उत्पादन कम हुँदा माग पूरा गर्न हम्मेहम्मे परेको अवस्था ...