उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए । 'घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दीबास लैजाने तयारी छ,' उनले भने । छेकम्पारबाट सिर्दीबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ । आगलागीबाट घाइते तेन्ज...