यही पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन भइछाड्ने गगनको उद्घोष

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कुनै पनि हालतमा नरोक्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले शुक्रबार आगामी वैशाखमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पारित गरेपछि गगनले पुसभित्र जुनसुकै हालतमा विशेष महाधिवेशन हुने दाबी गरेका हुन् । उनले सबै प्रतिनिधिलाई पुस मसान्तमा महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न आग्रह गरे । 'केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि उसले आह्वान नगरी केन्द्रीय कार्यालयले बोलाएर हुन्छ, पुसको अन्त्यमा विशेष महाधिवेशन हुन्छ, त्यसका लागि ...