नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र वासुदेव घिमिरे रूपन्देहीका विभिन्न कार्यक्रममा शुक्रबार सँगै देखिएका छन् । पार्टीबाट अलग हुने मनस्थितिमा पुगिसकेका घिमिरेलाई उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेलले नै पार्टीमै रहने अवस्थामा फर्काएका थिए । पौडेल र घिमिरे शुक्रबार पार्टीका विभिन्न शोक सभा र श्रद्धाञ्जली सभामा सँगै पुगेका हुन् । एमाले बुटवल उपमहानगरपालिका अध्यक्ष शोभाखर पोखरेलले विष्णु पौडेल र वासुदेव घिमिरे बुटवल र तिलोत्तमाका विभिन्न कार्यक्रममा सँगै सहभागी भएको जानकारी दिए । तिलो...