१८ पुस, संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताए । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । […]